विप्लवले गरे सरकारको बचाउ, अमेरिकालाई दिए यस्तो चेतावनी

भाद्र,१२ विप्लवले गरे सरकारको बचाउ, अमेरिकालाई दिए यस्तो चेतावनी

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले साम्राज्यवादविरुद्ध देशको स्वाधीनता झुक्न र चुक्न नदिने उद्घोष गरेका छन् । उनले प्रचण्ड नेतृत्वको अहिलेको सरकारले गरिरहेका राम्रा कामको भने बचाउ गरे । तर, सरकारले राम्रो काम गर्दापनि अनेकौँ हल्ला चलाएर राष्ट्रवादी आन्दोलन र कम्युनिष्टहरुलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको उनको टिप्पणी छ ।

समाजवादी मोर्चाको लुम्बिनी प्रदेशको बुटवलमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव विप्लव एमसिसीको विरोधमा भने खरो रुपमा उत्रिए । उनले अमेरिका नेपाललाई उपनिवेश बनाउन एमसीसीका नाममा गिद्धको रुपमा नेपाल आउन लागेको टिप्पणी गरे । उनले समाजवादी मोर्चाको लक्ष्य भ्रष्टाचार, कुशासन र विदेशी साम्राज्यवादका विरुद्ध लड्दै मुलुकलाई समाजवादतर्फ लैजाने गठन गरिएको बताए ।

उनले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र गरेकाले एमसीसीविरुद्ध लड्ने घोषणा समेत गरे । उनले भने,‘यहाँ भोलि गिद्धहरु ओर्लदैछन् । अमेरिका एमसीसीका नाममा सहयोग गर्न आउँछ भने स्वागत छ । ५० अरब होइन ५० खरब पनि लिन्छौ तर उपनिवेश बनाउने उद्देश्यका साथ, नेपालका नियम कानुन मिच्दै आउँछ भने हामी त्यसको विरोध गछौँ, लड्छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *