प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

बुधबार 13 प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

 नेपाली बजारमा सुनको भाउ फेरि उकालो लाग्न थालेको छ। लामो समय स्थिर रहको सुनको भाउ आज बुधबार ८ सय रुपैयाँले बढेको हो । हिजो मंगलबार पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *