बिहीबार, ०१ फागुन २०८१
अपराध

रुपन्देहीमा एकजना युवक लाई गोली लागेर मृत

March 1, 2025
March 1, 2025

धन्नजय उपाध्याय/रुपन्देही


रूपन्देहीको मायादेवी गाउँपालिका वडा नं २ को एकजना युवकलाई गोली लागेर मृत अवस्थामा फेला परेका छन्।

फेला परेको मायादेवी गाउँपालिका वडा नं २ डञ्चहवा का २९ वर्षीय राकेश लोध को नाम खुलेको जिल्ला प्रहरी कार्यालय रूपन्देही को सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन्।

मृतक राकेशको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थानमा रक्तमय रहेकाले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। २९ वर्षीय अविवाहित राकेश घरमा एक्लै बस्दै आएका थिए । उनका बुबाआमा तथा दाजुभाई अन्तै बस्दै आएका थिए । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरी अनुसार घटना बिहान लगभग ७:३० बजेतिरको हो र प्रहरीलाई बिहान ८ बजे जानकारी पाए बित्तिकै घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

दाजुभाइबीच अंश मुद्दामा लफडा चलेपछि उनीहरूबीच अंश विवाद अदालतमा मुद्दा समेत चलेको पारिवारिक स्रोतले जानकारी दिए। घटना पश्चात् मृतक राकेशको दाजु फरार रहेको प्रहरीले जानकारी दिए।

घटनाको अनुसन्धान र दाजुको खोजी एकसाथ चलिरहेको प्रहरीले जानकारी दिएको छ र साथसाथै घटनामा संलग्न सबैलाई छिट्टै कानुनी दायरामा लाएर कानुन अनुसार कारबाही गर्ने प्रहरीले जानकारी दिएको छ

लेखकको बारेमा