नवलपरासीमा पनि मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान
नवलपरासी ,९ फागुन ।
लुम्वनी प्रदेश सरकार अन्तर्गत सामाजीक बिकास मन्त्रालयले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सुरु गरेकोे छ । सामाजिक विकास मन्त्रालयको अगुवाइमा प्रदेशका १२ वटै जिल्लका विभिन्न १७ वटा सामुदायीक विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ सुरु गरेको हो ।

अभियानका लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि लगायतले आफूले अध्ययन थालेको विद्यालयमा पुगेर अभियानका सुरुवात गरेका छन् ।

यसैबिच नवलपरासीमा पनि मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सुरु भएको छ ।पश्चिम नवलपरासीको गुठीप्रसौनी स्थित जनजागृती माध्यमिक बिद्यालयमा आयोजीत अभियानको लुम्वनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सन्तुले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री कलवारले प्रदेश सरकारले अघि बढाएको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सफल बनाउन जनसमुदायको भुमीका महत्वपुर्ण रहने विस्बास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिशेष अतिथी प्रतापपुर गाउंपालीकाका अध्यक्ष उमेश चन्द्र यादवले प्रदेश सरकारले शैक्षिक सुधारका लागी ल्याएको उक्त अभियान कागजमा भन्दा पनि कार्यान्वयनमा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
लुम्वनी प्रदेश सरकार अन्तर्गत सामाजीक बिकास मन्त्रालयले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १७ वटा सामुदायीक विद्यालयमा आवश्यकता अनुसार पहिलो चरणको अभियान एकैसाथ सुरु गरेको हो ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड