प्रतापपुर गाँउपालिकाले दमकल संचालनमा ल्याउने
सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाँउपालिकाले बरुणयन्त्र (दमकल) सञ्चालनमा ल्याउने भएको छ।
जिल्लामा ७ वटा स्थानिय तह मध्ये पाँच वटा स्थानिय तह दमकल बिहिन छन। दमकल नहुदाँ आगलागीबाट धेरै क्षति हुने गरेको छ।
सुख्खा मौषम सुरु भएसँगै आगलागीका घट्नामा समेत बृद्धि हुदै गएपछी दमकल नहुँदा थप जोखिम बढ्ने सम्भावना बढे सगैं प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न स्थानीय तहले कार्ययोजना अघि बढाउदै असार मसान्त भित्र गाउँपालिकाले दमकल संचालन गर्ने प्रतापपुर गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए।
जिल्लामा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका गरि जम्मा दुई वटा दमकल मात्र छन् ।
हावाहुरी चल्ने, आगलागी हुने समय शुरु भईसक्दा स्थानीय तहमा दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा बर्षेनी करोडौंको क्षति हुदै आएको छ।
आगलागी न्यूनीकरणतर्फ बजेट विनियोजन गरी आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागी घट्ना न्यूनीकरणका लागि गाउँपालिकाले दमकल संचालनमा ल्याउने अध्यक्ष यादवले बताए ।
जिल्लाको ७ वटा स्थानियतह मध्ये प्रतापपुर गाउँपालिका,सुस्ता गाउँपालिका,सरावल गाउँपालिका,पाल्हिनन्दन गाउँपालिका र सुनवल नगरपालिका दमकल बिहिन स्थानिय तह रहेको छ।
गाँउपालिका तथा नगरपालिकाहरूले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप छ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड