बिहीबार, ०१ फागुन २०८१
पालिका

लुम्बिनीमा रुमिन्देई माई मेला २८ गतेबाट सुरु

April 4, 2025
April 4, 2025

लुम्बिनी अन्जना चौहान
रुपन्देहीको लुम्बिनी सांकृतिक नगरपालिका वडा न .३ स्थित पडिरिया मायादेवी मन्दिर नजिकै चैत २८ गतेदेखि बैशाख १गतेसम्म लुम्बनी परम्परागत एतिहासिक चैत पूर्णिमा
रुमिन्देई माई मेला सुरु हुने भएको छ।बिहिवार लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेलासग समबन्धी सरोकारवालाहरुको छलफलबाट उक्त निर्णय गरिएको हो । होटेल व्यावसायी,पर्यटन व्याबसायी,लुम्बिनी बिकास कोस,सुरक्षा निकाय का पदाधिकारी एवं कार्यपालिका सदस्यहरु लगायत मेला सग समबन्धित सरोकारवालाहरुको भेलाले वडा न ३ वडा अध्यक्ष अकरामुद्दीन नाउँ को अध्यक्षतामा मेला व्यवस्थापन समिति गठन भएको छ। गौतम बुद्ध ज्ञान् प्राप्त गरेर घरपर्केपछी चैत्र शुक्ल पूर्णिमा परापुर्वकालदेखि रुमिन्देई माई मेला लाग्ने गरेको मेला व्यवस्थापन समिति सदस्य तथा नगर प्रबक्ता इनामुल्लाह फकिरले बताउनु भयो।

बुद्ध जन्मस्थल पवित्र स्थल भएको हुनाले यस रुमिन्देई माई मेलामा .जुवा ,तास ,खोरखोरे खेल्न नपाइने र जाड ,रक्सी बेच्न नपाइने मेला साँस्कृतिक कार्यक्रम लाई जोड दिने ब्यबस्थापन समितिले निर्णय गरेको छ। मेलामा सांस्कृतिक कार्यक्रम प्रत्येक दिन गरिने आयोजकले बताएका छन् ।

लेखकको बारेमा