श्री गोरखदल गणबाट “अभ्यास मनसुन -५” संचालन
ज्ञानेश्वर सहानी / नवलपरासी / बैशाख २७
पश्चिम नवलपरासी जिल्लामा बर्षेनी बाढी/डुवानबाट हुने जनधनको क्षति न्युनिकरण गर्नको लागि भौगोलिक अवस्थाको जानकारी तथा स्थानिय बासिन्दाहरुलाई प्राकृतिक विपदबाट बच्ने उपायबारे वैशाख २३ गतेदेखि २६ गतेसम्म अभिमुखिकरण संचालन गर्नको श्री गोरखदल गणले संचालन गरेको छ।

श्री गोरखदल गणबाट सेनानी राजेश थापाको कमाण्डमा ३० जनाको फौज परिचालन गरिएको प्रमुख सेनानी प्रणय जङ मल्लले जानकारी दिनुभयो । उक्त कार्यक्रमको क्रममा श्री गोरखदल गणले स्थानिय निकाय संग समन्वय गरी विद्यार्थीहरु तथा जोखिमयुक्त क्षेत्रका स्थानिय बासिन्दाहरुलाई बाढी/ डुवान र आगोलागीबाट बच्ने उपायहरुबारे जनचेतनामुलक कार्यक्रम संचालन गरेको थियो।

श्री गोरखदल गणले आयोजना गरेको “अभ्यास मनसुन-५” पाल्हिनन्दन गाउँपालिका का हरपुर, महेसपुर, शंकरपुर र सनही लगायतका बाढी/डुवान प्रभावित क्षेत्रमा पट्रोलिङ्ग गरि उक्त ईलाकाको जानकारी हासिल तथा स्थानिय निकायहरुसंग समन्वय गरिएको थियो भने पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लोहरौली , सरावल गाउँपालिका वडा नं ७ भुजहवा र सुस्ता गाउँपालिकाको सुस्तातालमा बाढी/डुवान तथा आगलागी सम्बन्धि प्रशिक्षण संचालन गरिएको थियो ।

पश्चिम नवलपरासीको ५ वटा स्थानीय तह मा बाढी , डुवान तथा आगलानी बाट हुने क्षति न्युनिकरण सम्बन्धि “अभ्यास मनसुन-५”जनचेतनामूलक कक्षा सन्चालन सुरु भएको छ ।

नेपाली सेनाको गोरखदल गण परासीको आयोजना मा बाढी डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी कक्षा सन्चालन अभ्यास सुरु गरेका छ ।

घरायसी प्रयोगका सामग्री मार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि नेपाली सेनाको अभ्यास टोलीले जानकारी गराएको थियो ।
बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले कक्षा सन्चालन अभ्यास गरिएको प्रमुख सेनानी प्रणय जङ मल्लले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमहरुको विभिन्न स्थानमा गरी करिव १०००जना स्थानिय बासिन्दा र विद्यार्थीको उपस्थिती रहेको थियो ।








भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड