पुरानो उधारो विवादमा चक्कु प्रहार एक विद्यार्थीको मृत्यु
काठमाडौँ, १० पुसः ललितपुरको च्यासलस्थित हिमालय कलेजका बीई तेस्रो सेमेष्टर पुरा गरेका विद्यार्थी नयन गुरुङ सोमबार साँझ साथीहरूसँग खुसीयाली मनाउन कलेज नजिकैको ‘टाउन हब’ क्याफेमा पुगे ।
सुनसरी घर भई सातदोबाटोमा बस्दै आएका २३ वर्षीय नयनले क्याफेमा बसेर सेमेष्टर सकिएको खुसी बाँडे ।करिब राति ९ बजेर २० मिनेटमा क्याफेबाट निस्कने क्रममा नयनले बिल तिर्न खोज्दा क्याफेको काउण्टरमा रहेका हेमराज भट्टले पुरानो उधारो रकम पनि माग गरे। नयनले आफूहरू लामो समयदेखि उक्त क्याफेमा ग्राहक रहेको र पहिलेको उधारो पछि तिर्ने बताएर नयाँ बिलको मात्र रकम तिरे ।
तर, केहीबेरपछि नयन साथीहरूसँग क्याफेमा पुनः फर्किए। त्यहीबेला नयन र क्याफे कर्मचारी भट्टबीच उधारो रकमको विषयलाई लिएर विवाद भयो । विवाद बढ्दै जाँदा डडेलधुराका २६ वर्षीय भट्टले नयनमाथि चक्कु प्रहार गरे । गम्भीर घाइते भएका नयनलाई तत्काल बिएण्डबी अस्पताल लगियो तर उपचारकै क्रममा उनको ज्यान गयो ।
ललितपुरका एसएसपी शेखर खनालका अनुसार घटनाको कारण पुरानो उधारोको विवाद देखिएको छ । नयन करिब साढे ३ वर्षदेखि उक्त क्याफेका नियमित ग्राहक थिए । उनका अनुसार नयनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । घटनामा संलग्न भट्टलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड