अपराध
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
December 20, 2024
December 20, 2024
दाङ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दाङमा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्र बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चित्र बहादुरले आफ्नै घरको बैठक कोठामा दाउ प्रहार गर्दा हस्ती कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई तुलसीपुर उपमहानगरपालिका-७ स्थित कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड