क्षयरोग अन्त्यको लागि विश्व स्वास्थ्य संगठनद्वारा आयोजित गोष्ठी सम्पन्न
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतज्यूको नेतृत्वमा नेपालबाट प्रतिनिधिमण्डलको टोलीले श्रावण ३१-३२ गतेसम्म भारतमा “Sustain, Accelerate and Innovate to End TB in the South-East Asia Region” क्षयरोग अन्त्य गर्नको लागि विश्व स्वास्थ्य संगठनद्वारा आयोजना गरिएको दक्षिण-पूर्वी एशिया क्षेत्रका मुलुकहरूको गोष्ठी सम्पन्न भएको छ ।

दक्षिण-पूर्वी एशिया क्षेत्रमा क्षयरोग अन्त्य गर्ने प्रतिबद्धताको रूपमा उच्च स्तरीय मन्त्रीस्तरीय बैठकमा गान्धीनगर घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा यस मन्त्रालयका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूले सन् २०३० सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्न गरेका प्रयास र प्रतिबद्धताबारे प्रस्तुतिकरण दिनुभयो। उहाँले दक्षिण-पूर्वी एशिया क्षेत्रमा क्षयरोग अन्त्य गर्न नेपालको ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमपछि गान्धीनगर घोषणापत्रमा हस्ताक्षर भएको थियो।
