नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेका हुन । 
सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी
प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्।
नक्कली प्रमाणपत्र पेस गरेर एमबीबीएसअध्ययन गरिरहेको भन्ने आधारमा सीआईबीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको
चितवन प्रहरीका प्रवक्ता पण्डितको भनाइ छ।

एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको *जेभियर इनटरनेसनल हाइएर सेकेण्डरी स्कुल, कमलपोखरीबाट आईएससी 
पास भएको सर्टिफिकेट पेस गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *