
माननीय डा. चन्द्र भण्डारीको अप्रेसन सफल
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ। करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो। अस्पतालका प्लाष्टिक सर्जन प्रा डा.शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया…