गुल्मीमा अरिङ्गालको टोकाइबाट २१ वर्षीय युवाको मृत्यु ! Death due to the bite of Aringal in gulmi

गुल्मीमा अरिङ्गालको टोकाइबाट २१ वर्षीय युवाको मृत्यु !
गुल्मीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका – ४ कालढुङ्गाका २१ वर्षीय शैलेस ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
ठकुरी सोमबार साझा साथिहरु संग मुसिकोट नगरपालिका -३ को देविस्थान सामुदायिक जङ्गलमा अरिङ्गाल पोल्न गएका थिए ।
अरिङ्गालको टोकाई बाट घाइते भएका उनको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार बिहान गुल्मी अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी(डिएसपी) डिल्ली नारायण पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *