आफूमाथि दुर्व्यवहार गरिएको भन्दै मेयर हर्क साम्पाङले  प्रहरीसमक्ष उजुरी

आफूमाथि दुर्व्यवहार गरिएको भन्दै मेयर हर्क साम्पाङले  प्रहरीसमक्ष उजुरी

धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् ।मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए ।अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो ।उनले अदालतको पत्रसमेत देखाएपछि मेयर ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए । भिडिओ भाइरल भएसँगै मेयर साम्पाङले २४ घण्टाभित्र मुद्दा हाल्ने चेतावनीयुक्त स्टाटस लेखेका थिए ।

अदालतको आदेश बेवास्ता गर्दै पुनस् वृक्षारोपण गर्न गएपछि जग्गाधनीले अवरोध गरेका थिए । सो भिडियोमा मेयरलाई अवरोध गर्ने रोजिना अधिकारी र उनका पति थिए । धरान ४ की रोजिनाले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको छ ।साउन ६ गते शनिबार धरानका मेयर हर्क साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षारोपण गरेका थिए ।सो जग्गाको रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको छ । उनलाई नगर प्रहरी लगाएर लछारपछार गर्दै मेयर साम्पाङले अभियन्तासहित वृक्षारोपण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *