श्री मसिना बाबा नरेन्द्रपुरी मोगलहा माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न
अन्जना चौहान/ लुम्बिनी
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.११ मा रहेको श्री मसिना बाबा नरेन्द्रपुरी मोगलहा माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.११ मा रहेको श्री मसिना बाबा नरेन्द्रपुरी मोगलहा माध्यमिक विद्यालयमा अभिभावक भेलामा सर्वसहमतिबाट विद्यालय व्यस्थापनका चार सदस्य छनौट नहुँदा अभिभावक हरुबाट निर्वाचन हुने भएको छ ।

अभिभावक नामावाली प्रकाश २५ गते गरिनेछ भने उम्मेदवारी दर्ता २७ गते उम्मेदवारहरुको नामावाली प्रकाश गरिने र फागुन २ गते मतदान गर्ने श्री मसिना बाबा नरेन्द्ररपुरी मोगलहा माध्यामिक विद्यालय प्रधानध्यापक जयराम गुप्ताले जानकारी दिनुभएको छ।
अभिभावक भेला कार्यक्रम मा अतिथि स्वागत मन्तवय विनोद यादवले गित वाट स्वागत मन्तवय गरेको थिए।
लुम्बिनी साँस्कृतिक नगरपालिका शिक्षा शाखाका प्रमुख लक्ष्मी पराजुली ले विद्यालय व्यवस्थापन सदस्य छनौटको विषयमा बोल्दै उनले भने मसिना बाबा विद्यालयमा अभिभावक ६ सय २० जना रहेको बताउनुभयो।
अभिभावक भेलाको अध्यक्षता लुम्बिनी सॉस्कृतिक नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीले प्रमुख अतिथि वडा न ११ वडा अध्यक्ष अकरामुद्दीन मुसलमान विशिष्ट अतिथि अभिभावक संघ अध्यक्ष अम्बिका प्रसाद बरई अतिथि अब्दुल रहिमान मुसलमान .पूर्व विद्यालय व्यवस्थाप सदस्य लालमन पासी काशीराम वरई बाल ज्योती आधारभुत विद्यालय प्रधानध्यापक रामचन्द्रर कुर्मी व्यवस्थापन अध्यक्ष जुम्मन खान निवर्तमान अध्यक्ष धनश्याम यादव राजेन्द्रर कहार शान्ति लोनिया राधिका लोध विभिन्न विद्यालय प्रधानाध्यापक हरु वडा सदस्य शिव प्रकाश यादव स्वास्थ्य चौकी इन्चार्ज बुद्धनाथ बाई नगरप्रहरी शसस्त्र प्रही बल र नेपाल प्रहरी लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड