बिहीबार, ०१ फागुन २०८१
प्रहरी प्रशासन

प्रहरी चौकी गुलरिया द्वारा लागू औषध दुर्व्यसनी सचेतमूलक कार्यक्रम सम्पन्न

February 1, 2025
February 1, 2025

धनञ्जय उपाध्याय/ रुपन्देही

रूपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं २ मा स्थित प्रहरी चौकी गुलरियाले लागू औषध दुर्व्यवशनी सचेतमूलक र परामर्श कार्यक्रम गरेको छ।

यहि मिति १९ गते करौता स्वास्थ्य चौकीको प्राङ्गणमा कार्यक्रम भएको प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानीले बताए ।

कार्यक्रममा लागू औषध बारे विभिन्न सचेत मूलक जानकारीहरू न्यौपानेले बताएका थिए । सम्मरीमाई गाउँपालिका वडा नं २ को वडा अध्यक्ष अजय कुमार गुप्ता ले मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो ।

सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ र कसैले पनि यस्ता पदार्थहरू प्रयोग नगर्नु भन्ने आग्रह पनि गुप्ताले गरेका थिए। कार्यक्रममा बोल्दै ध्रुव सत्य खबरको पत्रकार धनञ्ज उपाध्यायले यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ र विभिन्न उदाहरणसहित मान्छेहरूलाई लागू औषध विरुद्ध कुराहरू बताएका थिए ।

कार्यक्रमको अध्यक्ष न्यौपानेले कार्यक्रममा बोल्दै विभिन्न मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ त्यस्ता बस्तुहरूलाई लागु पदार्थ भनिन्छ,जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा परिवर्तन हुन्छ, यसलाई नशा पनि भन्ने गरिन्छ भन्ने विभिन्न सचेतनामूलक जानकारीहरू न्यौपानेले दिएका थिए ।

कार्यक्रममा कुल लगभग ६० जन त्यही टोल,टोल छरछिमेकका मान्छेहरूलाई एकीकृत गरी कार्यक्रम गरिएको थियो ।

लेखकको बारेमा