बिहीबार, ०१ फागुन २०८१
विशेष

बासामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

January 31, 2025
January 31, 2025

ज्ञानेश्वर साहनी /नवलपरासी, १८ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ सालबासमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला रूपन्देही अमहवा बस्ने वर्ष २८ का कमल परियारको टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ ।

शुक्रबार नवलपरासीको सरावल गाउँपालिका–१ सालबास नजिक प्रदेश नम्बर ३-०२-००६ प ९८३६ नम्बरका‌ मोटरसाइकलले सडक बीचको पेटीमा ठक्कर दिंदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भए सडक बीचको पेटीमा ठोकिन जाँदा मोटरसाइकिल सवार २ जना व्यक्ति मध्ये १ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक जिल्ला नुवाकोट लिखु ३ बस्ने वर्ष २९ को गोपाल लोहनी को टाउकोमा घाउ लागि सिरियस भएकोले अस्पताल पठाइएको छ। भने सोही मोटरसाइकल मा पछाडि सवार जिल्ला रूपन्देही बस्ने २८का कमल परियारको टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल सवार चालक जिल्ला नुवाकोट लिखु ३ बस्ने वर्ष २९ को गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र पेटमा चोट लागेको छ । हाल उनीलाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा