कांग्रेस क्रियाशील फारममा धाँधली ; नेता कँडेलका स्वकिय सचिव धम्काएर खोसे इकाई सभापति संग फारम
नवलपरासी/ १४ माघ।
पश्चिम नवलपरासीमा नेपाली कांग्रेसको क्रियाशील फारम वितरणमा विवाद रोकिएको छैन। हिजो नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलका स्वकिय सचिव कमल किशोर रायमाझीले पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०३ का ईकाई सभापति मोहन गोसाईलाई धमकाई क्रियाशील फारम खोसेको भन्दै जिल्ला कार्यसमितिमा न्यायका लागि निवेदन दर्ता गराएका छन्।
पाल्हीनन्दन गाउँपालिका वार्ड नं ३ इकाई कार्य समिति लाई प्राप्त भएको नयाँ क्रियाशील सदस्य फारम केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले मिति २०८१/१०/१३ गतेका दिन साँझ करिब छ बजे उनको घरमा आई धाक धम्की दीई जबर्जस्ती फारम लागेको आरोप लगाएका छन् ।
उनले लेखेका छन् ” नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका सभापति हरिहर चौहान, उपेन्द्र गुप्ता सँगै स्वकिय सचिव कमल किशोर रायमाझी आई म लाई घाक धम्की दिई जबरजस्ती म संग भएको ५९ फारम खोसेको न्याय पाउ भनी निवेदन लेखेको छु।
यसरी विगतका दिन देखि नै नेपाली कांग्रेसको क्रियाशील फारम वितरणमा धाँधली, भाडभैलो हुँदै आएको छ। यस्ता कार्यबाट आम कार्यकर्ता निरास भएको देखिएको छ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड