मर्चवार को बेतकुईँया मा स्वास्थ्य शिविर सम्पन्न
धन्नजय उपाध्याय/रुपन्देही
सम्मरीमाई गाउँपालिका को आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साइन्स राबीगाउँ को प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
यहि १२ गते शनिबार सम्मरीमाई गाउँपालिका वडा नं ७ स्थित श्री कृषक आदर्श मा.बि मा शिविर कार्यक्रम सम्पन्न भएको हो।
भैरहवा मेडिकल कलेजको विशेषज्ञ चिकित्सक हरू द्वारा विभिन्न जाँच गरेर निःशुल्क औषधि वितरण गरेका थिए। कार्यक्रमको उद्घाटन सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव द्वारा भएको थियो ।
गरिब र विपन हरूको लागि निशुल्क स्वास्थ्य शिविर मेडिकल कलेजले गरेको राम्रो यस्तै भविष्यमा पनि मेडिकल कलेजले शिविर आयोजना गर्छ भन्ने श्रीवास्तवले हारसोल्लासको साथमा भने । सर्वसुलभ मा गुणस्तर सेवा दिनु युनिभर्सल कलेज अफ मेडिकल साइन्सको उद्देश्य हो, भने मेडिकलको प्रशासन संयोजक तेज कुमार के.सि ले भने ।
सो शिविरमा जम्मा सेवाग्राहीहरुको संख्या ७९०,भिडियो एक्सरे गराउने १०५,महिला सम्बन्धी समस्या भएको ६५,Ortho (हाड जोर्नी ) सम्बन्धी ३२३,नाक कान घाटी सम्बन्धी ७२,ल्याब सेवा २७६,दाँत सम्बन्धी ४५,फिजिसियन सम्बन्धि ३४२ गरी ई सी जी सेवा ५८ जना लाभार्थीहरूले लाभ लिएका थिए ।
सम्पूर्ण जनताको स्वास्थ्य को हामीलाई चिन्ता छ, चाहे गरिब होस् ,पिछडिएको वर्ग, आदिवासी, दलित वा जनजाति सबै लाई एक किसिमको उपचार मिल्न पर्यो भने सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझी ले बताए।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड