सवारी दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टर स्टीकर टाँस अभियान
धन्नजय उपाध्याय/रुपन्देही
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्चवार युवा जनजागरण क्लबले वृहत सचेतना अभियान सञ्चालन गरेको छ ।
क्लबले ईलाका प्रहरी कार्यालय मझगावा को सहकार्यमा शुक्रबार मर्चवार को कोटाहीमाँई गाउँपालिका वडा नं ७ परसाहवा चोक मा साईकल र ट्याक्टरमा रिफ्लेक्टर स्टीकर टाँसेको छ ।
मर्चवार को परसाहवा चौराहाको अगाडि बिहान सडकमा गुडिरहेका साईकल र ट्याक्टर गरी तिनसँय वटा बढी सवारीसाधनमा स्टीकर टाँसिएको कार्यक्रम को अध्यक्ष मोहम्मद आरिफ खान ले जानकारी दिए ।
मर्चवार युवा जनजागरण कलब को आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय मझगाँवा को सहकार्यमा कार्यक्रम भएको क्लबको अध्यक्ष खान ले बताए । अहिले जाडोको मौसममा ओस ले गर्दा सवारी साधन नदेखिने गरी दुर्घटनाको स्तर वृद्धि भएको , रिफ्लेक्टरले गर्दा दुर्घटना अलि कम हुने इलाका प्रहरी कार्यालय मझगावा को प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।
इलाका प्रहरी कार्यालय मझगाँवा को सम्पूर्ण टोलीसहित प्रहरी निरीक्षक बस्याल ले पनि रिफ्लेक्टर टाँस गरेका थिए , साथसाथै क्लबका अध्यक्ष मो० आरिफ खान, सचिव मोदिम खान, सन्तोष बनिया लगायत अन्य जनाले रिफ्लेक्टर टाँसेका थिए।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड