कामपामा ‘नेपालभाषा स्यनामि दबू’ गठन
काठमाडौं । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा नेपालभाषा विषय पढाइरहेका नेपालभाषा प्रशिक्षण सहायकहरुको संगठन ‘नेपालभाषा स्यनामि दबू’ गठन भएको छ ।
नेवाः देय् दबूअन्तर्गत नेपालभाषाका शिक्षकहरुको पेशागत समूहअन्तर्गत रितेश मल्लकाे अध्यक्षतामा स्यनामि दबूको गठन गरिएको हो ।

काठमाडौंको भानु मा.वि.मा माघ ६ गते आइतबार नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्यको प्रमुख आतिथ्यमा दबूको गठन गरिएको थियो ।

नवगठित दबूका उपाध्यक्ष सविना महर्जन, मुख्यसचिव राकेश महर्जन, सचिव सुष्मा डंगोल, मुख्य कोषाध्यक्ष मिला शाक्य र कोषाध्यक्ष अनिल महर्जन रहेका छन् । यसैगरी सदस्यहरुमा राम महर्जन, राजेन्द्र महर्जन, रजनी महर्जन, साजना महर्जन, लसता सिं, उर्मिला महर्जन, अनिता शाक्य, ओमकृष्ण श्रेष्ठ, राजु कपाली, सरिता मालाकार, राजेन्द्रलाल महर्जन र राधेश्याम महर्जन रहेका छन् ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई नेवाः देय् दबूले एक कार्यक्रमको आयोजना गरी स्वागत एवं शपथ ग्रहण गराउने जनाइएको छ ।
हालको लागि यस दबूमा काठमाडौं मनपा अन्तर्गत नेपालभाषा प्रशिक्षण सहायकहरु समावेश रहे पनि यसमा ललितपुर, कीर्तिपुर र तोखा नगरपालिकाका नेपालभाषाका शिक्षकहरुलाई पनि समावेश गर्दै नेपालभाषा शिक्षकहरुको संयुक्त संगठनको रुपमा लाने योजना रहेको नवगठित दबूका अध्यक्ष रितेश मल्लले जानकारी दिनुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यले नेवाः देय् दबू नेवारहरुको राष्ट्रिय संगठन भएको र यसमा थुप्रै पेशागत समूहहरु आबद्ध रहेकोमा अब नेपालभाषाका शिक्षकहरुको समूह पनि आबद्ध हुनुले हर्षित तुल्याएको जनाउनुभयो ।
कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सचिव सत्यनारायण डंगोल, उपत्यका विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, काठमाडौं जिल्ला समितिका अध्यक्ष धनबहादुर महर्जन, काठमाडौं जिल्ला समितिका उपाध्यक्ष श्रीजनमान श्रेष्ठ र नेवाः स्यनामि दबूका सचिव वरुणप्रसाद वैद्यलगायतको उपस्थिति थियो ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड