बिहीबार, ०१ फागुन २०८१
Uncategorized

चितवनमा एक युवकलाई कुट्ने प्रहरी निलम्बित

January 20, 2025
January 20, 2025

नवलपरासी /माघ ७

चितवनको भरतपुरमा युवकलाई कुटपिट गर्ने प्रहरी असई बुद्धिबहादुर भुजेललाई निलम्बनमा परेका छन्।

सवारी जाँचका क्रममा ‘माथिको पावर देखाएको’ भन्दै युवकलाई लात्तीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

समाजिक सञ्जालमा भाईरल बनेको एक भिडियोमा प्रहरीले एक युवकलाई लात्तीले हानेको सन्दर्भमा प्रहरीले अनुसन्धान थालेको छ ।

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेको भिडियो समाजिक सँजालमा भाइरल बनेपछि प्रहरी हेडक्वाटरले जानकारी लिँदै कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।

प्रहरीले कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै एक युवकलाई कुटपिट गरेको देखिन्छ ।

प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने उनले बताए । घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।

लेखकको बारेमा