अपराध
भुजहवामा हत्या गरेको आरोपमा दुईजना पक्राउ
५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार
ज्ञानेश्वर सहानी/ नवलपरासी /माघ ५
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ भुजहवामा हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

सरावल गाउँपालिका-७ भुजहवा घर भएका २२ वर्षीय अंगद चौहानको पुस २९ गते सोमबार राति हत्या गरेको अभियोगमा सरावल गाउँपालिका-७ भुजहवाका २ जना लाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।

सरावल गाउँपालिका-७ भुजहवा घर भएका २२ वर्षीय अंगद चौहानको आफ्नै घरमा हत्या भएको भन्ने खबर प्राप्त हुनुको साथ इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले शंकाको आधारमा उनिहरु लाई पक्राउ गरेको हो।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड