नेपाल रेडक्रस सोसाइटी पाल्ही उप-शाखा द्वारा कम्बल वितरण
ज्ञानेश्वर सहानी/ नवलपरासी /माघ ४
पश्चिम नवलपरासीमा चिसोबाट प्रभावित पाल्ही नन्दन गाउँपालिका वडा नं ४,५ र ६का २० गरिब तथा असक्त विपन्न परिवारलाई शुक्रबार कम्बल वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी परासी शाखाको सहयोगमा पाल्ही उप- शाखालाई वितरण गर्नको लागि दिएको २० थान कम्बल गरिब तथा असक्त विपन्न परिवार लाई कम्बल वितरण गरेको हो ।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा नेपाल रेडक्रस सोसाइटीले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी पाल्ही उप-शाखाले गरिब तथा असक्त विपन्न परिवारलाई कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी पाल्ही उप-शाखा सह- कोषाध्यक्ष मानेश्ववर सहानीले जानकारी दिए ।
चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको उनले बताए ।
अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् ।
शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेको सहानीले बताउनुभएको छ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड