बिहीबार, ०१ फागुन २०८१
अपराध

प्रहरी हौं भन्दै किशोरी अपहरण गरेको आरोपमा २ जना पक्राउ

December 31, 2024
December 31, 2024

१६ पुस, धनगढी। कञ्चनपुरमा ‘प्रहरी हौं’ भन्दै किशोरीलाई अपहरण गरेर शरीर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार राति १२ बजे भीमदत्त नगरपालिका–६ को शिव मन्दिर नजिकै नहरमा साथीसँग हिंडिरहेको अवस्थामा १६ वर्षीया किशोरीलाई अपहरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बताए ।

डीएसपी जोशीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ बस्ने ३५ वर्षीय महेश सिंह खत्री र ३३ वर्षीय धुर्व जोशी रहेका छन् ।  उनीहरु दुवै जनाले ‘हामी प्रहरी हौं’ भन्दै किशोरीलाई मोटरसाइकलमा राखेर अपहरण गरेको  प्रहरीको आरोप छ ।

प्रहरीले आइतबार बिहान मात्र किशोरीलाई भीमदत्त नगरपालिका–१६ वसन्तपुरबाट उद्दार गरेको थियो। दुवै जनाले किशोरी अपहरण गर्न प्रयोग गरेको बा.५५.प. ९६१३ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।

उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसूरमा जिल्ला अदालतबाट ७ म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा