बिहीबार, ०१ फागुन २०८१
राजनीति

घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ

७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

नवलपरासी/ ७ फाल्गुन।
नवलपरासी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार नरेन्द्र कुमार गुप्ताले आजदेखि सुनवलबाट घरदैलो अभियान सुरु गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका गुप्ताले सुनवल गाउँले बस्ती क्षेत्रबाट मतदाता भेटघाट कार्यक्रम थालनी गरेका हुन्।

घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै गुप्ताले जनतामा उल्लेखनीय उत्साह र परिवर्तनको चाहना देखिएको बताए। “जनताको साथ, समर्थन र आशिर्वादले हामी उत्साहित छौं। अहिले जनतामा सकारात्मक ऊर्जा छ,” उनले भने।
अभियानका क्रममा स्थानीय समस्याहरू, विकासका प्राथमिकता, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका विषयमा छलफल गरिएको थियो। मतदाताले पनि विगतका प्रतिनिधिबाट अपेक्षा पूरा नभएको गुनासो राख्दै यसपटक सक्षम र जवाफदेही नेतृत्व रोज्ने संकेत दिएका छन्।

गुप्ताले घरदैलो अभियानलाई प्रत्येक वडा ,टोल हुँदै घर र व्यक्ति सम्म पुर्‍याउने योजना रहेको जानकारी दिए। उनले जनताको प्रत्यक्ष सहभागिताबाट नीति निर्माण र विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो अभियानमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

लेखकको बारेमा