महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
नवलपरासी / ७ फाल्गुन ।
पश्चिम नवलपरासी क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार नरेन्द्र कुमार गुप्ताले महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालनमा आए मात्र हजारौं नागरिकको रोजगारी सिर्जना हुन सक्ने बताएका छन्।
उनीले आज सम्बोधन गर्दै भन्छन् , “महेशपुर भन्सार हाल आधा-अधुरा अवस्थामा छ। यसको स्तर उन्नती र पूर्ण सञ्चालनले क्षेत्रीय व्यापार, ढुवानी, भन्सार कर्मचारी, भन्सार एजेन्ट, गोदाम व्यवस्थापन, ढुवानी सेवा प्रदायक, सुरक्षाकर्मी, तथा स्थानीय पसल–उद्योग सँग जोडिएका रोजगारीहरू सिर्जना गर्न सक्छ।”

गुप्ताको अनुसार, भन्सारको सक्रिय संचालनले नवलपरासीको आर्थिक गतिविधि तीव्र बनाउने मात्र होइन, व्यवसायिक अवसरहरू बढाएर स्थानीय युवाहरूको रोजगारीमा ठूलो योगदान पुर्याउनेछ।
उम्मेदवार गुप्ताले स्थानीय विकास, पूर्वाधार सुधार, रोजगार सृजना र क्षेत्रीय व्यापार प्रवर्द्धनलाई पनि आफ्नो मुख्य चुनावी एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।








भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड