महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
नवलपरासी, १ फाल्गुन ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको घटनाप्रति पार्टीले गम्भीर ध्यानाकर्षण जनाएको छ।
रास्वपा पाल्हीनन्दन गाउँ कार्यसमितिको कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टी कार्यालयमा गएर अराजक तथा आपराधिक ढंगले तोडफोड गरिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा पार्टी कार्यालयको ब्यानर च्यात्ने तथा भौतिक संरचनामा क्षति पुर्याउने जस्ता गतिविधि आम नागरिकबाट नभई रास्वपाको बढ्दो जनलहरबाट आत्तिएका राजनीतिक तत्वबाट नियोजित रूपमा गराइएको आरोप लगाइएको छ।

विचार र एजेन्डामा प्रतिस्पर्धा गर्न नसक्नेहरूले अँध्यारोको आडमा गरिएको यस्तो कार्यलाई रास्वपाले “लोकतन्त्र माथिको सिधा प्रहार”को रूपमा व्याख्या गरेको छ। पार्टीले जनताको सेवकका रूपमा अघि बढिरहेको दललाई यस्ता गतिविधिबाट कमजोर बनाउन नसकिने समेत स्पष्ट पारेको छ।
घटनापछि रास्वपाले तीन बुँदे माग अघि सारेको छ। जसअनुसार घटनामा संलग्न दोषीहरूको तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न, राजनीतिक प्रतिस्पर्धाको आडमा हुने अराजक गतिविधिमा पूर्ण रोक लगाउन तथा प्रशासनले शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउन माग गरिएको छ।
रास्वपा पाल्हीनन्दन गाउँपालिका सभापति गुड्डु गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीका सम्पूर्ण कार्यकर्ता तथा शुभेच्छुकलाई उत्तेजनामा नआई धैर्यताका साथ पार्टीको काममा जुटिरहन आग्रह गरिएको छ ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड