रुपन्देही ट्राफिकको असुली आंतक
भैरहवा, २४ पुस ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडक असुलीलाई तिव्रता दिएको छ । प्रहरी प्रधान कार्यालयले सीमानाकामा मात्र चेकजाच गर्ने निर्देशन गरेपनि त्यसको अवेज्ञा गर्दै जिल्लाका विभिन्न स्थानमा ट्राफिक चेकजाचको नाममा असुली मच्चाउने गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा कार्यालय प्रमुखको जिम्मेवारी प्रतिमा कार्कीले समालेपछि सडकमा असुलीले तिव्रता पाएको हो । सडक असुलीमा बदनाम कमाएको ट्राफिक प्रहरीका कारण रुपन्देहीका उद्योगी व्यवसायीहरुलाई समस्यामा पार्ने गरेको गुनासाहरु आउने गरेको छ ।

ट्राफिक प्रहरीले सडकमा चेकपोष्ट खडा गरेर सीमानाका बेलहिया बसन्तपुर सडक, बेलहिया भैरहवाको डण्डा, रोहिणीको धकधई र भैरहवाको अञ्चलपुरमा नियमित चेकजाचको नाममा भारतीय ट्रक तथा सवारी साधन संग अबैध असुली गर्ने गरेको भारतीय चालकहरु बताउछन् ।
भैरहवा भन्सारको नजिक चार किलोमिटर क्षेत्रभित्र झन्डै ४ देखि ५ स्थान मा भारतीय सवारी साधनसंग असुली गर्नु गलत भएको भन्दै भारतीय पक्षले समेत विरोध गर्ने गरेका छन् ।
सुरुमा बेलहिया बसन्तपुर सडकमा अवैध असुलीमा परेको ट्रकलाई रोहिणीको धकधइ पुन असुली गरिन्छ । त्यस्तै, बेलहिया भैरहवाको डण्डामा असुलीमा परेको ट्रकले भैरहवाको अञ्चलपुरमा ट्राफिक प्रहरीलाई नियमित बुझाउनुपर्ने बाध्यता रहेको भारतीय चालक संजय कुमारले बताउँछन् ।
कपिलवस्तुको कृष्णनगर भन्सार र सुठौली भन्सार भएर रुपन्देही तथा रुपन्देही हुदै अन्य जिल्लामा जाने ट्रकलाई रुपन्देही ट्राफिक लुम्बिनी, बेथरी र धकधईमा असुली गर्ने गरेका छन् । उनिहरुले एकै ट्रक तथा भारतीय सवारी साधनलाई ओभर लोड तथा विभिन्न वहानामा लुम्बिनी, बेथरी र धकधईमा नियमित असुली गर्ने गरेका ढुवानी व्यवसायीहरुको आरोप छ ।
यी क्षेत्रबाहेक जिल्लाको सालझन्डी, मुर्गिया, बुटवलको राजमार्ग चौराह, देवदह क्षेत्रमा पनि एउटै भारतीय ट्रकलाई पटक–पटक चेकजाचको नाममा असुली हुने गरेको छ । यी क्षेत्रबाहेक रुपन्देही ट्राफिकले जिल्लामा सञ्चालिन अवैध क्रसर उद्योग, किलिङकर बोक्ने टिपर र अबैधरुपमा सञ्चालन रहेका सवारी साधनहरु संग पनि असुली गर्ने गरेको गुनासा आउने गरेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले यस विषयमा फोनमार्फत जानकारी लिँदा हामीलाई जानकारी नरहेकोले यस विषयमा जिल्ला ट्राफिक कार्यालय रूपन्देहीसँग कुरा गर्ने बताउनुभएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदिब बहादुर क्षेत्रीले यस विषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रमुख सँग कुरा गर्नु हाम्रो पाटो नरहेको बताउनुभएको छन् भने त्यस्तो पाइएमा कानुनी कारबाही गर्ने र त्यस्तो भएकोमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई जानकारी गराउन समेत जानकारी गराउनुभएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक प्रतिमा कार्की सँग जानकारी लिँदा फोनमा जानकारी दिन नमिल्ने र अफिसमा आएर चिया खाएर कुरा गरौं भन्नुभयो।
पछिल्लो समय रुपन्देही ट्राफिकले अवैधरुपमा आर्थिक असुलीलाई तिव्रता दिएपछि नेपाल प्रहरीको सिंगो संगठनको बदनाम भएको देखिन्छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीमा अवैध असुली भइरहेको भन्दै त्यसमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी प्रदिप क्षेत्रीको मौन समर्थन रहेको आरोप लागेको छ।
स्रोतका अनुसार, विगतमा ट्राफिक प्रहरीको कार्यशैलीप्रति कडा रूपमा प्रस्तुत हुँदै आएका एसपी क्षेत्री ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रूपमा प्रहरी निरीक्षक प्रतिमा कार्की आएपछि भने नरम देखिन थालेका छन्। कार्कीको कार्यकालयता ट्राफिक प्रहरीले सडकमा अवैध असुली गरिरहेको गुनासो बढ्दै गए पनि त्यसप्रति प्रभावकारी कारबाही नदेखिएको आरोप छ।
यसअघि चोक–चोकमा पुगेर ट्राफिक प्रहरीको व्यवहारप्रति आलोचना गर्दै आएका एसपी क्षेत्रीले पछिल्लो समय भने ट्राफिक प्रहरीले राम्रो काम गरिरहेको भन्दै सार्वजनिक रूपमा सकारात्मक अभिव्यक्ति दिन थालेको स्रोतले जनाएको छ। यसले ट्राफिक प्रहरीको असुली गतिविधिमा प्रहरी नेतृत्वको मौन समर्थन रहेको आशंका उत्पन्न गराएको छ।
तर, यी आरोपबारे जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका जिम्मेवार अधिकारीहरूको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। यस विषयमा सम्बन्धित निकायको धारणा आउन बाँकी रहेको छ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड