बिहीबार, ०१ फागुन २०८१
राजनीति

रास्वपाबाट गुल्मी–१ र २ मा पूर्व डीएसपीहरुको चर्चा

२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

गुल्मी/२२ पुष
आगामी आम निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्ला राष्ट्रिय राजनीतिक चर्चाको केन्द्र बन्दै गएको छ। गुल्मी–२ बाट नेपाली कांग्रेसका पुराना नेता चन्द्र भण्डारी र नेकपा एमालेबाट प्रदीप ज्ञवाली उम्मेदवारका रूपमा देखिँदै गर्दा, नयाँ र चासोपूर्ण राजनीतिक समीकरणले जिल्लाको चुनावी माहोल थप तातिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गुल्मी–२ का लागि पूर्व डीएसपी, हाल अधिवक्ता तथा गुल्मी जिल्ला सभापति भोजराज पाण्डेयको उम्मेदवारी चर्चामा आएको छ। उता, एमालेका उपाध्यक्ष गोकर्ण विष्टका तर्फबाट उम्मेदवारका रूपमा पूर्व डीएसपी, हाल अधिवक्ता तथा ‘भिजिट भिसा प्रकरण’ मार्फत देशव्यापी तरंग ल्याएका गोविन्द पन्थीको प्रवेशले चुनावी राजनीति थप रोचक बनेको छ।

विशेष संयोग के छ भने, भोजराज पाण्डेय र गोविन्द पन्थी दुवै नेपाल प्रहरीमा एउटै मितिमा सेवा प्रवेश गरी गत वर्ष एकैपटक अवकाश भएका अधिकारी हुन्। दुवैले आफ्नो सेवाकालमा संगठनभित्र उत्कृष्ट र जनमुखी कार्य गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका छन्।

यिनै कारणले गुल्मीका मतदातामा नयाँ आशा र उत्साह थपिएको देखिन्छ। राजनीतिक जानकारहरूका अनुसार, यदि यी दुवै उम्मेदवारले विजय हासिल गर्न सके भने, त्यो केवल व्यक्तिगत सफलता मात्र नभई गुल्मी र देशको राजनीतिक इतिहासमै नयाँ कीर्तिमान स्थापित हुनेछ ।

लेखकको बारेमा