बिहीबार, ०१ फागुन २०८१
प्रहरी प्रशासन

सुस्ताको बालुवा खानी क्षेत्रबाट बालुवा तस्करी,प्रहरी मौन

November 22, 2025
November 22, 2025

नवलपरासी,६ मंसिर ।

जिल्लाको सुस्ता गाउपालिकाको बालुवाखानी क्षेत्रमा स्थानिय सरकार र प्रहरीको मिलोमतोमा अवैध उत्खनन भई रहेका छन् । स्थानिय प्रहरी र जनप्रतिनिधिहरुको सँलग्नतामा बालुवा उत्खनन गरि तस्करी गर्ने कार्य तिब्र रुपमा हुन थालेको स्थानियले आरोप लगाएका हुन् ।

सुस्ता ४ नसर्हीको रेता क्षेत्रमा रहेका उखडा ऐलानी जग्गाको रुपमा जोतभोग गरिरहेका बालुवा खानीबाट लाखौ मुल्य बराबरको बालुवा उत्खनन गरि स्थानिय क्रसर उद्योग तथा भैरहवासम्म बालुवा जाने गरेको स्थानियले बताए । यसमा प्रहरी मौन छ,जनप्रतिनिधिलाई मतलब छैन्, । दैनिक ५ देखी १० हायबा बालुवा निकासी हुने गरेको एक स्थानियले देखाए । सो क्षेत्रबाट ढुवानी गर्ने हायबाको पछाडी नम्बर प्लेट पनि देखिन्न, उनले भने, यि सबै हायबा इलाका प्रहरी कार्यालय नजिकैबाट जाने गरेको छ ।

स्थानिय सुस्ता गाउपालिकाको पर्ने भएकोले प्रतापपुर गाउपालिकाले चाँसो देखाएका छैन् । सुस्ता गाउपालिकाले स्थानियले आफ्नै नम्बरी खेतबाट भष्टक लगेको होलान भन्दै मौन स्वीकृति दिदै खानीबाट तस्करी गराउन प्रोत्साहन गरि रहेको स्थानियको आरोप रहेको छ । पानी सहित हायबा हिड्दा हालै बनेका पक्कि सडकलाई लाई समेत नोक्सान पुर्याउने र गाँउमा धुलोम्य बनाउदै प्रदुषित वातावरण बनाई रहेको गुनासो समेत गरेका थिए ।

खानी क्षेत्रबाट निस्कने हायबा हिडेको सबैले देखेका छन्,एक स्थानियले भने, प्रहरीले नदेख्ने कुरै हुदैन् । लाभाँस लिए पछि नाटकिय कार्य गर्नु पर्ने अवस्था नै प्रहरीको रहेको छ । अहिले प्रहरी रमिता हेरेर बसेको छ । समान्य किसानले आफ्नो खेतको माटा आफ्नो घरमा लैजादा पनि केरकार गर्ने,सोधखोज गर्ने प्रहरी हाईवामा लोड गरेर इलाका प्रहरी कार्यालय बेलाटारी कै अगाडीबाट ढुवानी गर्दा आफुलाई जानकारी नभएको सो कार्यालयका प्रहरी निरिक्षकले प्रतिकृया दिइएका थिए । प्रकृया पुर्यारै लगेको हुन सक्ने उनको बहानाबाजी अभिब्यतिm रहेको थियो ।

यसबारे जिससले समेत चाँसो लिएको जनाएको छ । यसबारे आफुले सम्बन्धित पालिका र प्रहरीसँग बुझ्ने जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । खोलामा जथाभावी चोरी भई रहेको गुनासो आई रहेका छन् । स्थानिय पालिकाहरुले यदि विक्रि वितरण योग्न छन्,भन्ने वातावरणिय प्रभाव मुल्यँँकन(ईआइए) गराई राजस्व उठाउने वातावरण मिलाउनु पर्ने उनको भनाई थियो । बालुवा र भस्कटको आवश्यकता पनि छ,चोरी पनि रोक्न सकिएको छैन्,भने प्रकृया पुरयाई निकासी ठेक्का लगाउनु पर्ने जिससको दाबी थियो । तर राज्यको राजस्व भन्दा प्रहरीलाई खाजस्व मिलाएरै काम गराउनमा तस्करहरु लागि परेको स्थानिय बताउछन् ।

लेखकको बारेमा