बिहीबार, ०१ फागुन २०८१
Uncategorized

बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी

September 8, 2025
September 8, 2025

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा र बुटवलका केही क्षेत्रमा आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा. टोकराज पाण्डेयका अनुसार बुटवल क्षेत्रमा पूर्वतर्फ धागो कारखाना, पश्चिमतर्फ बेलवास चोक, उत्तरतर्फ चिडिया खोला र दक्षिणतर्फ मंगलापुरसम्म कर्फ्यू लागु गरिएको छ।

त्यस्तै, भैरहवा क्षेत्रमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी, उत्तरमा बुद्धचोक र दक्षिणमा बेलहियासम्म कर्फ्यूको दायरा निर्धारण गरिएको छ।

सीडीओ पाण्डेयका अनुसार कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि प्रकारको सभा, प्रदर्शन, जुलुस, भेला वा घेराउ कार्य गर्न नपाउने आदेश जारी गरिएको छ।

लेखकको बारेमा