बिहीबार, ०१ फागुन २०८१
अपराध

हातखुट्टा बाँधेर अर्धचेत अवस्थामा भेटिएकी महिलामाथि बलात्कार भएको खुलासा : तीनजना पक्राउ

December 25, 2024
December 25, 2024

काठमाडौं । मोरङको जहदा गाउँपालिकाकी अर्धचेत अवस्थामा फेला परेकी २३ वर्षीया युवतीको बलात्कार भएको खुलासा भएको छ ।

होस खुलेपछि ती महिलाले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार छन् ।

मंगलबार जहदा गाउँपालिका–३ की २३ वर्षीय महिला घरदेखि करिब दुई किलोमिटर टाढा कटहरी गाउँपालिका–२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।

‘मर्निङ वाक’मा निस्किएकी उनी मंगलबार दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा भेटिएकी हुन् ।

‘मर्निङ वाक’मा निस्किएका बेला उनीमाथि सामूहिक बलात्कार भएको पाइएको छ । अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा