वडा कार्यालय भुजहवाद्वारा गाउँ गाउँमा मास लाइट बत्ती जडान
ज्ञानेश्वर सहनी /नवलपरासी
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ भुजहवाले आफ्नो गाउँ ठाँउको विकासका लागि आफै जुट्नु पर्छ भन्ने सन्देश दिदैं वडाभित्रका गाउँमा मास लाइट जडान गरेका छन् ।
सरावल गाउँपालिका वडा नम्बर ७ भुजहवाका वडा अध्यक्ष हेयात खां धुनियाले विभिन्न राजनितीक दलका स्थानीय नेता तथा कार्यकर्ता लगायत सरावल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादव सबैको सामुहिक प्रयासमा मास लाईट जडान गरिएको वडा अध्यक्ष धुनियाले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण र वडा कार्यालयको सहकार्यमा मास लाइट जडान गरिएको बताइएको छ ।


बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले गाउँ बासीमा हुने चोरीडकैती दुर्घटनालगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।

वडामा रहेका विभिन्न टोलहरुले मास लाइट जडान गरेमा त्यसमा केही प्रतिशत वडाबाट सहयोग गर्न सकिने वडाध्यक्ष धुनियाले बताए । उनले भने– ‘वडाका सबै टोलमा सडक बत्ती जडान गर्ने अभियान सञ्चालन भइरहेको छ ।’
यसैबीच वडा कार्यालयले अब्यवस्थित तार तत्काल ब्यवस्थित गर्न निर्देशन दिएर लगत्तै विद्युत प्राधिकरण, टेलिकम कार्यालय तथा विभिन्न इन्टनेट सेवा प्रदायक कम्पनीले तारलाई ब्यवस्थित गरेका थिए । उक्त अभियान अहिले नगरका सबै क्षेत्रमा शुरु भएको छ । भने सरावल गाउँपालिका भरिमा नमुना वडाको रूपमा रहेको धनियाले जनाएको छन्।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड