पत्रकार रंजीत शर्मालाई ज्यान मार्ने धम्की: प्रेस क्लबको विरोध
पाल्हीनन्दन/ बैशाख ११
पाल्हीनन्दन प्रेस क्लबका सदस्य तथा राजधानी राष्ट्रिय दैनिकका संवाददाता रञ्जित कुमार लोहारलाई प्राप्त ज्यान मार्ने धम्कीप्रति क्लबले गम्भीर ध्यानाकर्षण गराउँदै तीव्र विरोध जनाएको छ।
क्लबले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख ९ गते भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतंकी हमलाबारे सामाजिक सञ्जालमार्फत जनचासो अभिव्यक्त गर्न खोजेका पत्रकार लोहारमाथि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित एक धार्मिक शिक्षालय (मदरसा) का प्रधानाध्यापक जुल्फेकार अहमदबाट मोबाइल एसएमएसमार्फत धम्की आएको जनाइएको छ।

पत्रकार लोहारले आफूले सामान्य व्यक्तिगत धारणा राखी “Tek Xetri” नामक फेसबुक पेजमा सार्वजनिक भएको विषयवस्तु सेयर मात्र गरेको बताए। उक्त पोस्टमा आतंकवादी हमलाको समर्थन हुने किसिमका अभिव्यक्तिहरू रहेका थिए, जसलाई उनले समाचारको चासोका रुपमा मात्र सेयर गरेको जनाएका छन्।
तर, उक्त सेयरलाई लिएर प्रधानाध्यापक अहमदले “तिमीले जुन गरेको छौ, गलत गरेको छौ। म १-२ दिनमा घर आएपछि तिमीलाई लेखाई र सेयरको महत्व देखाउँछु” भन्ने आशयको धम्की दिएको प्रेस क्लबको दाबी छ।

क्लबले उक्त कार्य पत्रकारिताको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सद्भावमाथिको गम्भीर आक्रमण भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। साथै, दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासन र सुरक्षा निकायहरूलाई आग्रह गरिएको छ।
प्रेस क्लबले सम्पूर्ण पत्रकार, नागरिक समाज, मानव अधिकारकर्मी र कानुनी क्षेत्रमा संलग्न व्यक्तिहरूलाई एकजुट भई यस्ता घटना विरुद्ध आवाज उठाउन आह्वान गरेको छ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड