बिहीबार, ०१ फागुन २०८१
खेलकुद

मर्चवार मा हर्दि प्रिमियर लिग हुँदै

April 14, 2025
April 14, 2025

रुपन्देही
मर्चवार को सम्मरीमाई गाउँपालिका वडा नं ७ अन्तर्गतका युवाहरू ले हर्दि प्रिमियर लिग क्रिकेट को आयोजना गरेको छन् ।

कार्यक्रमको उद्घाटन यही मिति २०८२/वैशाख/९ गते हुने भएको छ । उनीहरू आफ्नो प्रतिभालाई प्रकट गर्न र खेलप्रति सकारात्मक धारणालाई उजागर गर्ने नियतले यो खेल महोत्सव को आयोजना गरेका छन् ।

युवाहरूको प्रतिभा र मनोबल बढाउनको लागि सम्मरीमाई गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष राधेश्याम कुर्मी ले आफू सक्दो सहयोग गरेको बताएका छन्। अहिलेको अभिभावकहरू खेलप्रति नकारात्मक भावना बोकेर हिँडेको बच्चाहरूलाई खेल खेल्न नदिँदा त्यस्ता अभिभावकमा खेलप्रति जागरुकता गराउनको लागि यो कार्यक्रम आयोजना गरिएको आयोजक नवदीप सामाजिक सेवा केन्द्र को अध्यक्ष शुसिल कुमार उपाध्याय बताउँछन् ।

यसैगरी समितिमा अध्यक्ष कमलेश यादव, उपाध्यक्ष मौलेश कुमार दुबे, सचिव धनञ्जय उपाध्याय, सहसचिव रामवचन यादव र सदस्य नजामुद्दिन मुसलमान, कुलदिप यादव, बशिष्ठ मिसरा, गिर्जेश यादव, शौकत अलि,प्रदिप यादव, अवधेश यादव,पवन केवट,छोटु ठाकुर,ईन्दरेश केवट,गोलु कहार लगायतले कार्यक्रमको आयोजना गरेका छन्।

लेखकको बारेमा