नवलपरासीमा ब्राउन सुगर सहित तीन भारतीय नागरिक पक्राउ
नवलपरासी
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ३ बेलासपुरबाट लागुऔषध ब्राउन सुगरसहित तिन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुरको टोलीले उनीहरूलाई शंकास्पद चेक जाँचको क्रममा बेलासपुरबाट पक्राउ गरेको हो। महेशपुरदेखि परासी आउँदै गरेको दुईवटा भारतीय मोटरसाइकलमा सवार तीनजना भारतीय नागरिकसहित १४९ ग्राम ब्राउन सुगर पक्राउ परेको छ।
पतञ्जलिको पिठो भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त परिणामको ब्राउन सुगर बरामद गरिएको सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुरका सूचना अधिकारी यज्ञमान साउथले जानकारी दिए। अहिले एक ग्राम ब्राउन सुगरको बजार मूल्य ८ देखि १० हजार रहेको र बरामद गरिएका अवैध ब्राउन सुगरको मूल्य झण्डै १५ लाख रूपैयाँ रहेको जानकारी दिनुभएको छ।
बरामद गरिएका लागू औषध ब्राउन सुगर सहित भारतीय नागरिकलाईआवश्यक कारबाहीको लागि थप अनुसन्धान भइरहेको सूचना अधिकारी साउथले खतरा न्युजलाई जानकारी दिनुभएको छ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड