रामग्राम कप सिजन टु क्रिकट खेल आज बाट सुरु
नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर-४ पाल्हि बहुमुखी क्याम्पसको खेल मैदानमा रामग्राम कप सिजन टु क्रिकट खेल सुरु भएको छ।

रामग्राम किङ्स क्रिकेट क्लबकाे आयोजना तथा रामग्राम नगरपालिकाको आर्थिक सहयोग र रामग्राम नगरपालिका वडा नम्बर-४ को सह आयोजनामा रामग्राम कप सिजन टु क्रिकट खेल सुरु भएको हाे।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले हरेक खेलाडीहरूको लागि नगरपालिका सहयाेग गर्न तयार रहेकाे बताउनुभयो।साथै रामग्राम नगरपालिकाले यस क्षेत्रमा भलिबल, कबड्डी, टेकवान्डो लगायतका खेलाडीहरूको लागि स्टेडियम बनाइरहेको र क्रिकेट मैदानकाे समेत छिटै व्यवस्थापन हुने प्रमुख अतिथि यादवले बताए।
क्लबका अध्यक्ष अनिल यादवको अध्यक्षता रहेको सिजन टु क्रिकट खेलमा प्रथम हुने टिमलाई नगद रु ५५ हजार सहित मेडल,प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद रु ३० हजार सहित मेडल,प्रमाणपत्र वितरण गरिने क्लबका काेषाध्यक्ष राजन सहानीले जानकारी दिनुभयाे ।

कार्यक्रममा वडा नम्बर-४ का वडा अध्यक्ष मदन यादव,वडा नम्बर-९ का वडा अध्यक्ष भोजनारायण यादव,सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी,कोषाध्यक्ष चन्द्रमणि चौधरी लगायतका अतिथिहरुकाे उपस्थिति रहेको थियो।आज पहिलो खेल पाल्हि बहुमुखी क्याम्पस र रामग्राम-१६ हकुई बीच भएको कार्यक्रम संचालक समाजसेवी दिपक क्षेत्रीले जानकारी दिनुभयाे।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड