बिहीबार, ०१ फागुन २०८१
समाचार

खतरा न्युज अनलाईन मिडियाको बार्षिक टेबल क्यालेन्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

April 3, 2025
April 3, 2025

खतरा न्युज अनलाईन मिडियाको बार्षिक टेबल क्यालेन्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

स्थापना कालको छोटो समयमा नै नाम कमाउन सफल बुलेट मिडिया प्रालिद्वारा सञ्चालित खतरा न्युजको बार्षिक टेबल क्यालेन्डर विमोचन तथा नया वर्षको शुभकामना आदान प्रदान कार्यक्रम परासीमा सम्पन्न भएको छ ।

बुलेट मिडिया प्रालिका सञ्चालक ज्ञानेश्वर सहानिको अध्यक्षता तथा
रामग्राम नगरपालिकाका पुर्व मेयर नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथ्यततामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पुर्व नगरप्रमुख गुप्ताले अनलाईन मिडीयाको माध्यमबाट समाजमा घटेका घटनाहरु तुरुन्त थाहा पाउने भएकाले सत्य तथ्यमा आधारित रहेर सुचना सम्प्रेषण गर्दा विश्वसनियता बढ्दै जाने बताउनुभएको छ । उहाले अहिले अप्राकृतिक आईडी बनाएर तथ्यहिन भ्रामक समचार फैलाउने प्रबृति बढेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

विशिष्ट अतिथि सरावल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विरेन्द्र यादवले गाउ समाज रहेका घटनालाई सजिलै जनतामा पुर्याउन सफल अग्रणी संचार माध्यमको रुपमा अगाडी बढेको भन्दै शुभकामना दिनुभएको थियो । उहाले यो छोटो समयमा भएपनि सबैको मन जितेर चर्चामा आउन सफल भएको भन्दै प्रसंसा गर्नुभएको थियो ।

यस्तै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य बेचु गौडले प्रेस बिना गणतन्त्रको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । उहाले प्रेसमा गुणस्तरियता ल्याउन पत्रकार आचारसंहितालाई पालना गर्दै अगाडी बढ्न सकेमा मात्र सफलता प्राप्त गर्न सकिने बताउनुभएको थियो । अन्यथा आफै पनि खतरामा पर्न सकिनेतर्फ ध्यानाकर्षण समेत गराउनुभएको थियो।

कार्यक्रमलाई समापन गर्दै खतरा न्युजका सञ्चालक ज्ञानेश्वर सहानिले यो तिन महिनाको एकदमै छोटो अवधिमा सुचना सनदेशमार्फत समाजमा राम्रो सन्देश दिन सफल भएको बताउनुभएको छ । उहाले यस अनलाईन मिडियालाई हरेक क्षेत्रबाट साथ र सहयोग गर्नु हुने समपुर्णमा धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति उपाध्यक्ष रवि पाण्डेय,
सतसाहेब सिटि हस्पिटल प्रालिका प्रबन्ध निर्देशक डाक्टर अजेन्द्र यादव, डाक्टर किरण पाण्डेय, नेपाल मुस्लिम संघ जिल्ला कार्समिती सभापति बद्रे आलम ,परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल ,पाल्हिनन्दन प्रेस क्लब का अध्यक्ष सद्दाम हुसेन अन्सारी , राष्ट्रिय दैनिक अनलाईन मिडियाका कार्यकारी निर्देशक रन्जित शर्मा,समाजिक अभियन्ता राकेश गुप्तालगायतले शुभकामना मन्तब्य दिनुभएको कार्यक्रम संचालक महेश यादवले जानकारी दिनुभयो ।

लेखकको बारेमा