बिहीबार, ०१ फागुन २०८१
पाल्हीनन्दन गाउँपालिका

आगलागीबाट तीन लाख बराबरको सम्पत्ति जलेर नष्ट

March 25, 2025
March 25, 2025

रंजीत शर्मा, नवलपरासी | १२ चैत


पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२, भक्सिपुरमा गए राति भएको आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ।

स्थानीय दिलीप मिश्रका अनुसार, घरधनी द्वारिका हरिजनले गाईलाई लामखुट्टेबाट जोगाउनका लागि आगो बाली धुवाँ गरेका थिए। सोही आगो फैलिँदा घरमा आगलागी भएको हो।

आगलागी भएको समयमा घरमा अपांगता भएका एक व्यक्ति र एक वृद्ध आमा मात्र थिए। परिवारका अन्य सदस्यहरू नातेदारकहाँ गएका थिए। बिहान करिब ४:३० बजे आगलागी सुरु भएको स्थानीयले बताएका छन्।

आगलागीबाट गाई, लत्ताकपडा, धान–चामल तथा खाद्यान्नसहित करिब तीन लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रहरीको भनाइ छ।

आगो नियन्त्रण गर्न महेशपुर इलाका प्रहरी कार्यालय र पिपरहवा इलाका प्रहरी कार्यालयका प्रहरी तथा स्थानीयले संयुक्त रूपमा प्रयास गरेका थिए।

लेखकको बारेमा