बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ हुँदै
नवलपरासी
पश्चिम नवलपरासीको सरावल गाउँपालिका-७भुजहवास्थित बर्दघाटे कालिका मन्दिरमा रुद्र महायज्ञ हुने भएको छ । रामनवमीको अवसरमा यही चैत १७ गतदेखि श्री श्री १०८ रुद्र महायज्ञ सञ्चालन हुन लागेको हो ।
मन्दिरको पौराणिक महत्वलाई उजागर र प्रचारप्रसार गर्ने उद्देश्यले रुद्र महायज्ञ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक संस्था बर्दघाटे कालिका मन्दिर संरक्षण संस्थाका अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिनुभयो । चैत १७ देखि शुरु हुने महायज्ञ चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञमा भारत अयोध्याका यज्ञाचार्य बलराम चौबेले प्रवचन दिने अध्यक्ष यादवले बताउनुभयो । महायज्ञमा दिउँसोमा प्रवचन र रातीको समयमा रामलिाल प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
चैत १७ गते कलश यात्रासहित महायज्ञ शुभारम्भ गरिने भएकोले सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई सहभागिताका लागि आयोजकले अनुरोध पनि गरेको छ । साथै महायज्ञलाई पूर्ण सहयोग गरी सम्पन्न गर्न सरावल तथा प्रतापपुर गाउँवासीहरुलाई अध्यक्ष यादवले आग्रह गर्नुभएको छ ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड