बिहीबार, ०१ फागुन २०८१
Uncategorized

होलीमा नवलपरासी प्रहरीको एक्सन; नियम उलङ्घन सवारी साधन धमाधम नियन्त्रण

March 15, 2025
March 15, 2025

ज्ञानेश्वर सहानी/ नवलपरासी

जिल्ला प्रहरी कार्यालय नवलपरासीले ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने गर्ने स्कुटर , मोटरसाइकल तिन जना सवार, हेल्मेट नलाएको, ओभर स्पिड आदी ट्राफिक नियम उल्लंघन गर्ने लाई कारवाहीमा लिएको छ ।

होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको लागि जिल्ला भित्र ५७ स्थानमा चेकिङ राखिएको र ३५१ जना प्रहरी परिचालन गरिएको थियो‌।

होलीको क्रममा उछृखल गतिबिधि तथा ट्राफिक उलङ्गन, सवारी दुर्घटना तथा झै- झगडा गर्ने मानिस तथा सवारी साधन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले बताउनु भएको छ।

ट्राफिक उलङ्गन गर्ने सवारी साधनमा‌ १५ जना नियन्त्रणमा लिएको छ भने ७ जनालाई छोडिएको छ। ‌ त्यस्तैगरी सवारी दुर्घटना ८ वटा भएको छ भने १२ जना घाइतेमध्य ११ जना पुरुष र‌ १ जना‌ महिला रहेको छन् भने सिरियस ३ , मघ्यम ५ , सामान्य ४ घाईते रहेको प्रहरीले जनाएको छ।

सवारी दुर्घटना गराई नियन्त्रणमा लिईएका सवारी साधन १० वटा‌ रहेको छ भने २८ बाट सवारी साधन लाई ट्राफिक जरिवाना गरिएको ट्राफिक प्रहरीका प्रमुख अमृत भण्डारीले जानकारी दिनुभएको छ।

कुटपिट तथा झै- झगडा ६ ठाउँमा भएको छ भने ११ जना घाइते भएको छन् भने कुटपिट तथा झै-झगडा गर्ने ७ जना‌ मानिसहरुलाई नियन्त्रणमा लिईएको सुचना अधिकारी बिरदत्त पन्तले जानकारी दिनुभएको छ।

उनले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले नवलपरासी जिल्लाका विभिन्न स्थान र मुख्यबजारका चोकहरुमा होलीको बाहानामा कुनै पनि घटना नहोस भन्ने उद्देश्यले चेक जाँचलाई कडाइ गरेको थियो ।

होली पर्वलाई लक्षित गर्दै ठाउँ ठाउँमा प्रहरी खटाएको थियोे।सोहीक्रममा मोटरसाइकलमा तीनजना चड्ने, हेलमेट नलगाई मोटरसाइकल हाक्ने र लाइसेन्स नभएका सवारी साधन र माधकपदार्थ सेवन गरी हल्लागरि झगडा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही गरीने र शान्तिपूर्ण ले होलि सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी बिरदत्त पन्तले जानकारी दिनुभएको छ।

लेखकको बारेमा