स्ववियु निर्वाचन: पाल्ही बहुमुखी क्याम्पसमा ४ विद्यार्थी संगठन मैदानमा
ज्ञानेश्वर सहानी/ नवलपरासी
चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पस जितपुरबाट सभापति पदमा ४ जनाको उम्मेदवारी परेको छ ।
नेपाल विद्यार्थी संघबाट निरज प्रसाद धवल , समाजवादी विद्यार्थी युनियनबाट अजय हरिजन , विद्यार्थी जनमत संघबाट रामजनम बनिया र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट दुर्गेश कुमार गुप्ताले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन सयोजक संजीव कोइरालाका अनुसार सभापति पदमा ४ जना उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्षसहित ८ पदमा प्रत्यक्ष र ७ पदमा समानुपातिक निर्वाचन हुनेछ ।
यता निर्वाचन समितिका संयोजक संजीव कोइरालाले स्ववियु निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताए।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन समितिले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ।
निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी दर्ता हुनुपर्ने व्यवस्था छ। स्ववियु निर्वाचन कार्यतालिका अनुसार फागुन २७ गते क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्र नामावली दाखिला सोही दिने हुने छ।
चैत्र ५ गते बिहान ७ देखि २ बजेसम्म मतदान समय तोकिएको छ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको नामावली फिर्ता लिने २०८१/११ /२९ गते बिहान ११ बजेसम्म रहेको छ भने प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशन २०८१/११/२९ गते बिहान ११:३० सम्म रहेको निर्वाचन सयोजक संजीव कोइरालाले बताउनुभएको छ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड