बिहीबार, ०१ फागुन २०८१
समाचार

कृष्णनगर र बढ्नीमा निकालियो फाल्गुनाेत्सवका लागि भव्य निशान शाेभा यात्रा

March 10, 2025
March 10, 2025

कपिलवस्तु , फल्गुण २६ 
जिल्लाकाे कृष्णनगरसम्म भारत बढ्नीबाट श्री श्याम फाल्गुनाेत्सवका लागि भव्य निशान शाेभा यात्रा पुगिसकेकाे छ ।


श्रीराणीसति दादी मन्दिर बढ्नी (भारत) देखि लक्ष्मी नारायण मन्दिर कृष्णनगर(नेपाल) सम्म निकालिएकाे साे यात्रामा दुवै देशका श्रद्धालुहरुकाे व्यापक उपस्थितिमा हर्षउल्लासका साथ मनाउने गरिएकाे छ। श्री श्याम भक्त मण्डल बढ्नी(भारत) काे आयाेजनामा प्रत्येक बर्ष यात्रा निकालेर कृष्णनगरकाे लक्ष्मीनारायण मन्दिरसम्म उत्सव गरि विसर्जन हुने गरेकाे चलन रहेकाे आयाेजकले बताएकाे छ ।

भक्तालुहरु भजन , किर्तन गर्दै , रंग गुलाल दलेर साैहर्दयपुर्ण तरिकाले मनाउने गरिएकाे आयाेजकले जनाएकाे छ । यात्राले नेपाल-भारतकाे सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउन उल्लेखनीय भुमिका खेल्दै आएकाे पुर्व सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे ।


यात्राकाे उत्सव विसर्जनपछि भारतीय भजन कलाकारहरुले श्रीश्याम भजन किर्तनकाे कार्यक्रम समेत रहेकाे अरविन्द अग्रवालले जानकारी दिएका छन ।यात्रामा स्थानीय जनप्रतिनिधि , सर्वसाधारणलगायतकाे उपस्थिति थियाे ।

लेखकको बारेमा