परासी प्रेस क्लबको प्रथम अधिवेशन् सम्पन्न, अध्यक्षमा पौडेल सर्वसम्मत
नवलपरासी
पश्चिम नवलपरासीको परासी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिबेसन सम्पन्न भएको छ ।क्लबका अध्यक्ष बेजु गौंडको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै समन्वय प्रमुख यादवले पत्रकारले समचार सम्प्रेषण गर्दा निष्पक्ष र स्वतन्त्र रुपमा सत्यततामा आधारित रहेर मात्र लेख्न आग्रह गर्नुभएको छ। उहाले गाउ समाजमा भए गरेका नकारात्मक गतिबिधिभन्दा पनि सकारात्मक कुरामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
प्रथम अधिवेशनले निर्विरोध ९ सदस्सिय नया कार्य समिती चयन गरेको छ । जसको अध्यक्षमा मोहन पौडेल निर्वाचित हुनुभएको छ । यसअघि उहा क्लबको महासचिव रहनुभएको थियो । यस्तै उपाध्यक्षमा सुरेश यादब, महासचिवमा रन्जित शर्मा, सचिवमा गौरीशंकर जयसवाल, कोषाध्यक्षमा डोल कुमारी चौधरी चयन हनुभएको छ। अन्य चार सद्स्यहरुमा महेश यादब,सुरेश यादब,रामकरण हरिजन र अभिषेक राव रहेका छन् ।
तीन बर्षे कार्यकाल रहेको क्लबको सल्लाहकारहरुमा टिकाराम गैरे, बेचु गौड, पुरुषोतम सुबेदी, नारायण सुबेदी रहनुभएको छ ।
कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यबाहक नगरप्रमुख सम्झना चौधरी, नेपाल उधोग बाणिज्य संघका केन्द्रीय सदस्य केशब भण्डारी, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नेपाल प्रेस युनियका जिल्ला अध्यक्ष उमेश वि.क., रास्वपाका जिल्ला प्रतिनिधी तथा सामाजिक अभियन्ता रबि पाण्डेयलगायतले बोल्नुभएको थियो ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड