वडा अध्यक्ष मोहम्मद जाहिद खानले रमजानको पवित्र अवसरमा सद्भाव र एकताको सन्देश दिए
मोहम्मद इरफान मनसुरी
कपिलवस्तु
मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान भोलीबाट सुरु हुँदैछ। यो पर्व एक महिनासम्म चल्ने छ, जसमा मुस्लिम समुदायले दिनभरि पानी नपिई व्रत बस्ने गर्छन्। यसलाई रोजा पनि भनिन्छ। रोजा बिहानको नमाज अघि केही खानेकुरा खाएर सुरु हुन्छ र बेलुकाको नमाजको आजान सुनेर खोलिन्छ। रोजाको समय सूर्योदय र सूर्यास्तको तालिका अनुसार परिवर्तन हुँदै जान्छ।
रमजानको महिना उर्दू पात्रो अनुसार हिजरी सम्बत्को नवौँ महिना हो। यस महिनामा मुसलमानहरूको पवित्र ग्रन्थ कुरान अवतरण भएको मानिन्छ। यसैले यो महिना अल्लाहको कृतज्ञता प्राप्त गर्ने र आफ्नो आत्मालाई शुद्ध पार्ने समय मानिन्छ। यस महिनामा दान गर्नु, गरिब र दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु जस्ता कार्यहरू गर्ने चलन छ।
रमजानको अन्तिम दिन चन्द्रमा हेरेर ईद मनाइन्छ। यसपटक शनिवार साँझ चन्द्रमा हेरिएकोले आइतबारबाट रमजान सुरु हुदैं छ। कपिलवस्तु नगरपालिका वडा नं १ का वडा अध्यक्ष मोहम्मद जाहिद खानले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त मुस्लिम समुदायलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
उनले यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्ने साथै धार्मिक, सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न प्रेरणा दिने बताएका छन्। उनले नेपालको बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय र भौगोलिक विविधतालाई देशको पहिचान बताउँदै संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको उल्लेख गरेका छन्।
यसरी नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी रहेको बताउँदै उनले यहीँ विविधताले नै विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित भएको बताएका छन्। यस्ता चाडपर्व र संस्कृतिहरूले नेपालीहरूको राष्ट्रिय एकतालाई थप मजबूत बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले जनाएका छन्।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड