गुड्विल कन्सल्ट प्रा.लि. १९ औं बार्षिकोत्सव सम्पन्न
काठमाडौ
धोबिधारामा अवस्थित गुड्विल कन्सल्ट प्रा.लि. ले १९ औ बार्षिकोत्सव एक कार्यक्रमका बिच सम्पन्न गरेको छ।
बिदेश गरेर नेपालीहरु माझ चिरपरिचित गन्तब्य देश अष्ट्रेलियाको स्टुडेन्ट भिषा, पार्टनर भिषा, भिजिट भिषा, फ्यामेली भिषाका साथ साथै नेपालबाटै जनरल स्किल्ड माईग्रेशन भिषा परामर्श दिने यस कन्सल्टले वि.सं. २०६२ सालको फागुन ९ गतेका दिनबाट आधिकारिक रुपमा दर्ता भई बिदेश जान इच्छुक ब्यक्तिहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको हो। यस्ले आफ्नो सेवा शुरुआतको सफलतम १९ बर्ष पुरा गरि फागुन ९ गते २० बर्ष पुगेको हो।

विविध भिषामा बिदेश जाने सपना बुनेकाहरुको सपना साकार गर्ने कामको यति लामो इतिहास बनाउन सफल हुनुको मन्त्र भन्ने प्रश्नको जवाफमा गुड्विलका प्रमुख परामर्शदाता प्रबिन शाही गुड्विलको पेशागत इमानदारिता, पारदर्शी ब्यबहार, सहि तथा अचूक सुझाव तथा निर्देशन मात्र होइन शुरुमै योग्य भिषा आबेदक मात्र चयन गर्ने प्रणाली नै सफलताको सुत्र हो भन्नु हुन्छ।

आफु जुन देसमा जान चाहेको हो सो देशको भिषा प्रक्रियाबारे आबेदक स्वयमले राम्ररी बुझेर आफू योग्य व्यक्ति भए मात्र भिषा प्रक्रिया अगाडि बढाएको खण्डमा भोलि आफु ठगिएको भनि मुद्दामामिला, पुलिस प्रशासन धाउने झन्झट र अनावश्यक खर्च हुनबाट जोगिन सकिन्छ भने अर्को तर्फ फर्जी कागजात बनाएर भिषा आबेदन गर्दा भिषा त क्यान्सिल हुन्छ नै तर कालान्तरमा नमेटिने दाग पनि लाग्न सक्छ वहाँले बताउनु भो।
हिजोको कार्यक्रममा सहभागीहरुलाई सम्बोधनका क्रममा प्रबिन शाहीले भन्नु भो “गुड्विलको सफलतम १९ बर्ष पुरा गर्नुमा गुड्विलको अठोट र सफलताको लागि गरिएको मिहिनेतले याे स्थानमा सम्म आई पुगेकाे हौ।

साथै सम्बोधनको क्रममा यति लामो समयको यात्रामा हामीलाई बिश्वास गर्नुहुने भिषा आबेदकहरु, भिषा आवेदकका परिवारजन, कर्मचारी, सहकर्मी लगायत सम्पूर्ण शुभेच्छुक शुभचिन्तक सबैमा धन्यवाद पनि ब्यक्त गर्नु भो। कार्यक्रम गुड्विलको कार्यालय रहेको भवन धोबिधारामा भएको थियो भने कार्यक्रममा कलाकारहरुको सांगीतिक प्रस्तुति समेत थियो।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड