व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने :- शंकर पोख्रेल
कपिलवस्तु, फाल्गुन ७
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमंत्री शंकर पोख्रेलले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका हुन्।
महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताए। उनले व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गरे। यसका लागि पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने धारणा राखे।
त्यस अवसरमा उनले देशमा नकारात्मक भ्रम फैलिएको बताउँदै यथार्थ बुझ्न आग्रह गरे। उनले नेपालमा केही छैन भन्ने धारणा गलत रहेको भन्दै विकास निर्माणमा निरन्तर लाग्नुपर्ने आवश्यकता औँल्याए।
पूर्वलुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न सडक परियोजनाहरूमा पहल गरेको दावी गरे।
हुलाकी मार्ग, चन्द्रौटा–कृष्णनगर सडक, तथा हाल निर्माणाधीन बुटवल–गोरुसिंगे सडकका लागि आफूले विशेष पहल गरेको बताए। उनले कपिलवस्तु शिक्षाका दृष्टिले पछाडि रहे पनि अहिले सबै दृष्टिकोणबाट अघि बढिरहेकोमा खुशी व्यक्त गरे।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड