बिहीबार, ०१ फागुन २०८१
समाचार

परासी पहिलो रामग्राम खाना महोत्सव

February 18, 2025
February 18, 2025

नवलपरासी , ६ फागुन

पश्चिम नवलपरासीमा पहिलो पटक आगामी फागुन १२ र १३ गते दुई दिवसीय पहिलो रामग्राम खाना महोत्सव हुने भएको छ ।

स्थानिय आदीवासी जनजाती महासंघ रामग्राम नगर समितीद्धारा आयोजीत रामग्राम खाना महोत्सव परासी स्थित घण्टाघर चोक देखी पाईपास रोड सम्म करिव १ सय खाना सम्वन्धी स्टल रहने गरी दुई दिवसीय खाना महोत्सव हुने भएको हो । आज परासीमा आयोजीत पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको छ ।

बिशेष गरी उक्त खाना महोत्सवमा आधुनियक भन्दा पनि मौलीकता झल्कने गरी खानाको परिकार साथै विभिन्न भेषभुषा प्रर्दशनी गर्ने गरी स्टलहरुको ब्यवस्थापन गर्ने योजना रहेको कार्यक्रम मुल समारोह ब्यवस्थापन समितीका संयोजक अवीनाश रेश्मीले जानकारी दिनुभयो ।

महोत्सवको मुख्य लक्ष्य नाफा मैत्री नभई खानाका परिकार मार्फत मैलीकता यसैगरी बिबिध समुदायको परिचान झल्काउने मख्य उदेश्य रहेको महोत्सव मुल आयोजक समितीका संयोजक अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

सवै खाना सम्बन्धी स्टलहरुलाई निशुल्क रुपैया उपलब्ध गराईने महोत्सवमा मुख्य आर्थिक सहयोगीको रुपमा रामग्राम नगरपालिका रहेको छ ।

उक्त महोत्सवमा ईन्दीरा जोशी , प्रमोद अग्रहरी लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनका अध्यक्ष भवानी शंकर चौधरीले जानकारी दिनुभयो ।

दुई दिवसीय प्रथम रामग्राम खाना महोत्सवमा करिव १० हजार जना ब्यक्तीहरुले खाना महोत्सवमा अबलोकन गर्ने लक्ष्य रहेको छ ।

लेखकको बारेमा