बिहीबार, ०१ फागुन २०८१
खेलकुद

बालबालिकामा खेल प्रति उत्साह बढ्दो

February 8, 2025
February 8, 2025

कपिलवस्तु , मायादेवी-३

कपिलवस्तुको मायादेवी गाउपालिका वडा नं ३ बसन्तपुरमा १० वर्ष मुनिका बालबालिकाहरुको अन्तर वडा बैडमिन्टन खेलको उदघाटन भएको छ।

त्रिनेत्र जनजागरण स्वास्थ परामर्श संस्था द्वारा आयोजित खेलमा वडा अन्तर्गतका बालबालिकाहरुले भाग लिएका छन। सो खेलमा दुई दर्जन भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन।

उदघाटन कार्यक्रम समाजसेवी आलोक तिवारी ‘राजु’को प्रमुख आतिथी, मुनेश्वर मा.वि.का व्यस्थापन समितीका अध्यक्ष सोनु नागबंशी, मायादेवी वडा नं ३ का निवर्तमान वडा सदस्य नवलकिशोर पाण्डेयको विशिस्ट अतिथि तथा सो संस्थाका अध्यक्ष आयुर्वेद डा. आदर्श नागवंशीको अध्यक्षतामा सम्पन्न भएको छ।

‘स्वास्थ को लागी खेल’ नारा रहेको सो कार्यक्रममा समाजसेवी हरिद्वार यादव, अनिल मिश्र , लगायत स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो।

आजकाल साना भाईवहिनीहरुमा खेल प्रति उत्साह बढेको , खेललाई बालबालिकाहरुको सर्वांगिण विकासको लागि आवश्यक रहेकोले अभिभावकहरुले बालबालिकाहरुको खेलरुचि प्रति ध्यान दिनु पर्ने बताउनु भएको छ। सो खेल एक हप्ता सम्म चल्ने आयोजक ले बताउनु भयो।

लेखकको बारेमा